Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

हिमपहिरोले मुस्ताङको बोक्सीखोला थुनियो, सावधानी अपनाउन आग्रह

हिमपहिरोले मुस्ताङको बोक्सीखोला थुनियो, सावधानी अपनाउन आग्रह

शुक्रवार , भाद्र ७, २०८१

मुस्ताङ। मुस्ताङमा हिमपहिरोले बोक्सीखोला थुनिएको छ ।

मुस्ताङको थासाङस्थित मानापाथी हिमालको फेदबाट मुलिखर्क हुँदै खसेको हिमपहिरोले छिप्लुङसम्म थुनिएको हो।

थासाङ गाउँपालिका माथि मानापाथीबाट खसेको हिमपहिरो करिब १ हजार मिटरको दूरीमा जमेर बसेको छ ।

जिल्ला प्रशासन कार्यालय मुस्ताङले पनि थासाङको बोक्सी खोला माथि हिमपहिरो खसेर थुनिएको पुष्टि गरेको छ।

प्रशासनले कुनै पनि बेला हिमपहिरो फुटेर जोखिम निम्त्याउन सक्ने भएकाले सावधानी अपनाउन त्यसक्षेत्रका बासिन्दालाई सचेत गराएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077