Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

थामेका बाढी प्रभावितलाई २० लाख सहयोग गर्ने काठमाडौं महानगरको निर्णय

थामेका बाढी प्रभावितलाई २० लाख सहयोग गर्ने काठमाडौं महानगरको निर्णय

शुक्रवार , भाद्र ७, २०८१

काठमाडौं । काठमाडौं महानगरपालिकाले सोलुखुम्बुको थामे हिमबाढी प्रभावितलाई राहत र पुनर्स्थापनका लागि २० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने भएको छ।

काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)को अध्यक्षतामा शुक्रबार बसेको महानगर विपद व्यवस्थापन समितिको बैठकले आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको हो ।

गएको साउन ३२ गते खुम्बु क्षेत्रका हिमताल फुटेर थामे खोलामा आएको बाढीका कारण थामे गाउँका एउटा विद्यालय, एउटा स्वास्थ्य चौकी, २ वटा होटल, १३ वटा घर पूर्ण र १० वटा घरमा आंशिक रुपमा क्षति भएको थियो ।

हिमताल फुटेर आएको बाढीले प्रभावितलाई राहत र पुनःस्थापना कार्यका लागि उक्त आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरिएको काठमाडौं महानगरले जनाएको छ ।

महानगरले सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको कोषमा २० लाख रुपैयाँ उपलब्ध गराउने छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077