Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

०८४ मा हाम्रो मुख्य प्रतिन्द्वन्द्वी एमाले हुन्छ, गठबन्धन भइरहँदा धेरै सतर्क हौँ : शशांक कोइराला

०८४ मा हाम्रो मुख्य प्रतिन्द्वन्द्वी एमाले हुन्छ, गठबन्धन भइरहँदा धेरै सतर्क हौँ : शशांक कोइराला

शुक्रवार , भाद्र ७, २०८१

काठमाडौं । नेपाली कांग्रेसका नेता शशांक कोइरालाले २०८४ सालको निर्वाचनमा प्रमुख प्रतिन्द्वन्द्वी नेकपा एमाले हुने भएकाले संगठनलाई बलियो बनाउनुपर्ने बताएका छन् ।

शुक्रबार नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा उनले यस्तो बताएका हुन् । उनले कांग्रेसले अब ०८४ को निर्वाचनमा ध्यान दिनुपर्ने बताए ।

“२०८४ मा चुनाव हुँदै छ, त्यतातिर ध्यान दिनुपर्‍यो । जिल्ला जिल्लामा संगठनलाई बलियो पार्नुपर्छ,” कोइरालाले भने, “अब हाम्रो ध्यान ८४ को निर्वाचनमा जानुपर्छ । हाम्रो मुख्य प्रतिन्द्वन्द्वी हुन्छ, एमाले । हामीले संगठनमा ध्यान दिनुपर्छ ।”

सुरुमा एमालेसँग गठबन्धन गर्न नहुने पक्षमा आफू रहे पनि अहिले गठबन्धन राम्रो लागेको उनले बताए । तर, एमालेसँग गठबन्धन भइरहँदा धेरै सतर्क हुनुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077