Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

संविधान संशोधनमा प्रवेश गर्नुअघि समीक्षा गरौँ, विदेशसम्म तरंग पुग्यो : नेता सिटौला

संविधान संशोधनमा प्रवेश गर्नुअघि समीक्षा गरौँ, विदेशसम्म तरंग पुग्यो : नेता सिटौला

शुक्रवार , भाद्र ७, २०८१

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कांग्रेस र एमालेबीच भएको संविधान संशोधनको बुँदाले धेरैलाई तरंगित बनाएको बताएका छन् ।

नेपाली कांगेसको गत साउन २३ देखि जारी केन्द्रीय समिति बैठकमा शुक्रबार नेता सिटौलाले सो कुरा बताएका हुन् ।

उनले संविधान संशोधनमा प्रवेश गर्नुअघि कार्यान्वयनको समीक्षा गर्न प्रस्ताव गरे । कार्यान्वयनको समीक्षाबिनै संशोधनमा प्रवेश गरे त्यसले दुर्घटनामा पुर्‍याउने चेतावनी उनको छ ।

“कांग्रेस र एमालेबीचको सात बुँदे सहमतिमा रहेको संविधान संशोधनको बुँदाले धेरैलाई तरंगित बनाएको छ,” सिटौलाले भने, “त्यस्तो तरंग पार्टीभित्र पनि छ र पार्टीबाहिर पनि छ । देशभित्र स्वभाविक चासो छँदैछ । देश बाहिर पनि छ ।”

उनले यो तरंगले सकारात्मक संकेत नगरेको भन्दै त्यही कारण सचेत हुन जरुरी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077