Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

कांग्रेस नेताहरूको सुझाव - हिन्दूराष्ट्रलाई संविधान संशोधनको एजेन्डा बनाऔँ

कांग्रेस नेताहरूको सुझाव - हिन्दूराष्ट्रलाई संविधान संशोधनको एजेन्डा बनाऔँ

शुक्रवार , भाद्र ७, २०८१

काठमाडौं । नेपाली कांग्रेसका केही नेताहरूले हिन्दूराष्ट्रलाई संविधान संशोधनको एजेन्डा बनाउन सुझाव दिएका छन् ।

सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियान केन्द्रीय समन्वय समितिमा आवद्ध नेताहरूले शुक्रवार पार्टी सभापति शेरबहादुरलाई भेटेर यस्तो सुझाव दिएका हुन् ।

सनातन हिन्दूराष्ट्र नेपाल स्थापनाको विषयलाई गम्भीरतापूर्वक ग्रहण गर्दै यसलाई संविधान संशोधनको एजेन्डा बनाउन उनीहरुलाई पार्टीलाई सुझाव दिए ।

पछिल्लो महासमिति बैठकमा महासमिति सदस्यहरूको बहुमतले धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दूराष्ट्रको पक्षमा हस्ताक्षरसहित बुझाएको मागलाई कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठकले सम्बोधन गर्नुपर्ने भन्दै उनीहरूले सभापतिसमक्ष स्मरणपत्र बुझाएका छन् ।

महाअभियानका संयोजक तथा कांग्रेस केन्द्रीय सदस्य माननीय शंकर भण्डारीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले सभापति देउवालाई पत्र बुझाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077