Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

आँबुखैरेनी बस दुर्घटना : मृतक २७ जनाकै पहिचान खुल्यो [नामावलीसहित]

आँबुखैरेनी बस दुर्घटना : मृतक २७ जनाकै पहिचान खुल्यो [नामावलीसहित]

शुक्रवार , भाद्र ७, २०८१

काठमाडौं । तनुहँको आँबुखैरेनीस्थित ऐनापहराबाट मर्स्याङ्दी नदीमा खसेर दुर्घटना भएको भारतीय बसमा सवार सबैजनाको पहिचान खुलेको छ ।

शुक्रबार भारतीय नम्बर प्लेट–७६२३ को बस मर्स्याङ्दी नदीमा दुर्घटना हुँदा २७ जनाको मृत्यु भएको छ भने १६ जना घाइते छन् । उनीहरु सबैको पहिचान खुलेको हो ।

सबैजना भारतीय रहेका उनीहरूको ठेगाना स्पष्ट नभएको तर अधिकांशको नाम र उमेर पत्ता लागेको नेपाल प्रहरीले शुक्रबार अबेर जारी गरेको बुलेटिनमा उल्लेख छ।

बसमा ४१ यात्रुसहित चालक र सहचालक गरी ४३ जना सवार रहेको नेपाल प्रहरीले जनाएको छ।

यी हुन मृतक २७ जना :
१) वर्ष १६ की सदना सुहास राय।
२) वर्ष १० की परी भारते।
३) वर्ष ६० की सल्बा भारन्दे भारते।
४) वर्ष ५० की निलिमा जाउडे।
५) वर्ष ४२ की सरला रानी।
६) वर्ष ४४ को पंकज भंगाडे।
७) वर्ष ५० को संदिप राजाराम सरादे।
८) वर्ष ५७ की निलिमा झाण्डे।
९) वर्ष ५५ को तुलसीराम ताइडे।
१०) वर्ष ४० को गणेश मानन्दे।
११) वर्ष ४३ की पल्लादे सरादे।
१२) वर्ष ४५ की अनिता पाटेल।
१३) नामथर, वतन नखुलेको वर्ष अन्दाजी ४०।५० को महिला।
१४) वर्ष ५२ की भारती जाउडे।
१५) वर्ष ५१ की रोहणी जाउडे।
१६) वर्ष ६० की सुलोभा भारण्डे।
१७) वर्ष ४५ को सुवास राणे।
१८) वर्ष ५० को प्रकाश नाथकोटी।
१९) वर्ष ३५ की लिना भारन्डे।
२०) वर्ष अन्दजी ५०।५५ को नाम थर नखुलेको पुरुष।
२१) वर्ष ६० को सुधाकर ताउडे।
२२) वर्ष ३५ को सागर जाउडे।
२३) वर्ष अं ४५-५० की सरोज मनोज भिरुक (घटनास्थलबाट अन्दाजी ५ कि.मी तल ठूलो ढुङगा मुनि मृत फेला परेको)
२४) नाम थर वतन नखुलेको वर्ष अन्दाजी ३५-४० को पुरुष।
२५) नाम थर वतन नखुलेको अन्दाजी वर्ष २५ को अनुद सरद।
२६) वर्ष ५६ की भारती जाउडे।
२७) वर्ष ५१ की सरला तुलसीराम तायडे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077