Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

रवि लामिछानेसँग संसदीय समितिले गर्‍यो राति १ बजेसम्म सोधपुछ !

रवि लामिछानेसँग संसदीय समितिले गर्‍यो राति १ बजेसम्म सोधपुछ !

शनिवार , भाद्र ८, २०८१

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न बनेको संसदीय विशेष समितिले मध्यराति १ बजेसम्म राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान लिएको छ ।

समिति सभापति सूर्यबहादुर थापाका अनुसार राति १ बजेर ५ मिनेटमा सोधपुछ प्रतिवेदनमा हस्ताक्षर भएको हो ।

शुक्रबार दिउँसो ३ बजेबाट सुरु भएको बयान राति १ बजेसम्म चलेको हो ।

समितिले गोरखा मिडिया नेटवर्क प्रालिका पूर्व सञ्चालक एवं प्रबन्ध निर्देशक रवि लामिछानेसँग लामो समय बयान लिएको हो ।

समिति बैठकमा समितिको कार्यविधिअनुसार विभिन्न सहकारी र कम्पनीको रकम दुरुपयोगमा संलग्नका रुपमा आरोपितमध्ये पूर्व उपप्रधानमन्त्री समेत रहेका लामिछानेसँग सोधपुछ गरिएको बताइएको छ । तर उनले समितिलाई इन्कारी बयान दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077