Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

गाजामा युद्धविराम वार्ताका लागि कायरो पुगे इजरायली वार्ताकार

गाजामा युद्धविराम वार्ताका लागि कायरो पुगे इजरायली वार्ताकार

शनिवार , भाद्र ८, २०८१

एजेन्सी । गाजामा जारी युद्ध रोक्ने उद्देश्यका साथ आह्वान गरिएको युद्धविराम वार्ताका लागि सहभागिता जनाउन इजरायली वार्ता टोली शुक्रबार कायरो पुगेको छ ।

गाजाको दक्षिणी सीमामा इजरायली सेनाको उपस्थिति रहने पूर्वअडानमा वार्ताकारहरू अडिग रहेको एक प्रवक्ताले बताएका छन् ।

“मोसाद जासुसी निकायका प्रमुख डेभिड बार्निया र ‘सिन बेट घरेलु सुरक्षा सेवा’का प्रमुख रोनेन बार बन्धक रिहाई सम्झौता अगाडि बढाउन इजिप्टको राजधानी पुग्नुभएको छ,” प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका प्रवक्ता ओमर डोस्ट्रीले बताए ।

इजिप्टलगायत मध्यस्थकर्ताले गाजामा जारी १० महिनाभन्दा बढीको युद्ध अन्त्य गर्ने सम्झौतामा पुग्न पहल गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077