Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

जर्मनीमा अन्धाधुन्ध चक्कु प्रहार, तीन जनाको मृत्यु

जर्मनीमा अन्धाधुन्ध चक्कु प्रहार, तीन जनाको मृत्यु

शनिवार , भाद्र ८, २०८१

एजेन्सी । पश्चिमी जर्मनीको सोलिङ्गेन सहरमा चक्कु प्रहार हुँदा तीन जनाको मृत्यु भएको छ ।

शुक्रबार साँझ सहरको केन्द्रमा एक उत्सवको समयमा अन्धाधुन्ध रूपमा छुरा प्रहार भएको हो ।

आक्रमणकारी अझै फरार रहेको बताइएको छ । आक्रमणकारीको व्यापक रूपमा खोजी भइरहेको छ । प्रहरीको हेलिकप्टरहरू सहर माथि घुमिरहेको देखिएको छ ।

बिल्डका अनुसार प्रहरीले छुरा प्रहार गर्ने सन्दिग्धको खोजीमा ४० वटा सवारी साधन परिचालन गरेको छ । यस्तै सोही घटनामा अन्य चार जना गम्भीर घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077