Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

तीजको दर खाएका २ दर्जन बढी महिला बिरामी

तीजको दर खाएका २ दर्जन बढी महिला बिरामी

शनिवार , भाद्र ८, २०८१

बुटवल । रूपन्देहीमा तीजको दर खाँदा फूड पोइजन भई २ दर्जन बढी महिला बिरामी परेका छन्।

देवदह-६ स्थित शिवालय टोलका विभिन्न महिला समूह मिलेर भदौं ६ गते दर खाएपछि उनीहरू बिरामी परेका हुन् ।

भदौं ६ गते साँझदेखि बिरामी परेका उनीहरूमा बान्ता हुने, टाउको दुख्ने, पखाला लाग्ने, पेट दुख्ने, रिङ्गटा लाग्नेलगायत स्वास्थ्य समस्या देखिएका छन् ।

बिरामी परेका १८ जनाको स्थानीय अनिता मेडिकलहल खैरेनीमा उपचार भैरहेको छ । ५ जनाको भने देवदह मेडिकल कलेजमा उपचार भइरहेको छ ।

अन्य ५र६ जनाले घरमै बसेर उपचार गराइरहेका छन् । उनीहरूलाई १०२ देखि १०४ डिग्रीसम्मको ज्वरो आउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077