Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

तनहुँ बस दुर्घटनाका घाइते भेट्न भारतीय राज्यमन्त्री काठमाडौंमा

तनहुँ बस दुर्घटनाका घाइते भेट्न भारतीय राज्यमन्त्री काठमाडौंमा

शनिवार , भाद्र ८, २०८१

तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनीस्थित मर्स्याङ्दी नदीमा भएको बस दुर्घटनामा घाइते यात्रुलाई भेट्न भारतकी राज्यमन्त्री काठमाडौं आइपुगेकी छन्।

शुक्रबार बस दुर्घटना हुँदा घाइते भएका यात्रुलाई भेट्न र मृतक शवहरू लिएर जान भारतको केन्द्र सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खडसे काठमाडौं आइपुगेकी हुन्।

उनलाई त्रिभुवन विमानस्थलमा नेपालस्थित भारतीय राजदूताबास नवीन श्रीवास्तव लगायतका उच्चअधिकारीले स्वागत गरेका थिए।

उनी घाइते भेट्न त्रिभुवन शिक्षण अस्पताल जाँदैछिन् ।

शुक्रबार पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो।

त्यसमध्ये २६ जनाको आँबुखैरेनी र एक जनाको चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077