Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

स्वतन्त्र उम्मेदवार केनेडीले फिर्ता लिए उम्मेदवारी

स्वतन्त्र उम्मेदवार केनेडीले फिर्ता लिए उम्मेदवारी

शनिवार , भाद्र ८, २०८१

एजेन्सी । अमेरिकाको राष्ट्रपतिका लागि स्वतन्त्र उम्मेदवार रोबर्ट एफ केनेडी जुनियरले उम्मेदवारी फिर्ता लिएका छन्।

अमेरिकाको एरिजोनामा आयोजित चुनावी र्‍यालीमा एउटै मञ्च साझा गर्दै केनेडीले ट्रम्पलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका हुन्।

उनी अमेरिकी सिनेटर रोबर्ट एफ केनेडीका छोरा र पूर्वराष्ट्रपति जोन एफ केनेडीका भतिजा हुन्।

उनी डेमोक्र्याटिककै पूर्वनेता समेत हुन्। विचारमा मतभेद भएपछि उनले पार्टी छाडेका थिए।

पार्टी छाड्नका लागि प्रेरित गरेका कुराहरूकै कारण ट्रम्पलाई समर्थन गर्न बाध्य पारेको केनेडीले बताएका छन्।

डेमोक्र्याटिक उम्मेदवार कमला ह्यारिसले यसअघि केनेडीको समर्थकबाट पनि भोट प्राप्त हुने गरी पहल गर्ने बताएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077