Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

संसदीय दलको नेताबाट राजीनामा दिन साहलाई प्रचण्डको निर्देशन

संसदीय दलको नेताबाट राजीनामा दिन साहलाई प्रचण्डको निर्देशन

शनिवार , भाद्र ८, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेश प्रदेशका नेता भरत साहलाई राजीनामा दिन निर्देशन दिएका छन्।

माओवादी केन्द्र मधेश प्रदेशका संसदीय दलका नेता साहलाई दुई महिनाभित्र दलको नेताबाट राजीनामा दिन निर्देशन दिएका हुन्।

मधेश प्रदेशको अर्थमन्त्री भएको बेला साहले व्यापक मनमौजी गर्दै आफू खुसी योजना बाँडेको आरोप छ ।

उनले पटक–पटक केन्द्रको निर्णय विपरीत सरकार ढाल्न चलखेल गरेको आरोप खेप्दै आएका छन्

नेकपा माओवादी मधेश प्रदेशका दुई तिहाइ प्रदेशसभा सदस्यहरुले संसदीय दलका नेता भरतप्रसाद साहलाई पदबाट हटाउन गत असार २५ गते अविश्वास प्रस्ताव पेश गरेको थियो।

दलको नेतृत्वको विषयमा आफूहरूको विश्वास गुमेको कारणले ६ जना सांसदले साहविरुद्ध अविश्वासको प्रस्ताव पेश गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077