Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

जीबी राईको सम्पत्तीको स्रोत हेर्ने काम राज्यको हो : रवि लामिछाने

जीबी राईको सम्पत्तीको स्रोत हेर्ने काम राज्यको हो : रवि लामिछाने

शनिवार , भाद्र ८, २०८१

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जिबी राईको विषयमा बेलैमा राम्ररी थाहा पाउन नसक्नु कमजोरी भएको बताएका छन् ।

भरतपुर विमानस्थलमा बोल्दै सभापति लामिछानेले यस्तो बताएका हुन् । उनले जिबीको विषयमा बेलैमा राम्ररी थाहा पाउन नसक्नु आफ्नो कमजोरी रहेको बताए।

सभापति लामिछानेले ग्यालेक्सी टिभीका अध्यक्ष राईको सम्पत्तीको स्रोतको विषयमा हेर्ने काम राज्यका निकायको रहेको पनि बताए।

आफुले ग्यालेक्सी टिभी हेरेर, जानेर, बुझेरै काम गरेको सभापति लामिछानेको भनाई छ । टिभी छोडेर गएको डेढ वर्षपछि विभिन्न अनुसन्धानले जानकारी आएपछि थप कुराहरु खुल्न आएको बताए ।

उनले राईसँग संगत गरेकोमा गलत क्रियाकलाप भएको रहेछ भन्ने देख्दा अझ बढी ध्यान दिनुपर्थ्यो भन्ने आफूलाई अहिले लागेको पनि बताए।

सभापति लामिछानेसँग शुक्रवार सहकारी ठगी सम्बन्धी विशेष संसदीय छानबिन समितिले लामो वयान लिएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077