Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

तनहुँ बस दुर्घटनाका घाइते भेट्न भारतीय राज्यमन्त्री खड्से शिक्षण अस्पतालमा

तनहुँ बस दुर्घटनाका घाइते भेट्न भारतीय राज्यमन्त्री खड्से शिक्षण अस्पतालमा

शनिवार , भाद्र ८, २०८१

तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनीस्थित मर्स्याङ्दी नदीमा भएको बस दुर्घटनामा घाइते यात्रुलाई भेट्न भारतीय राज्यमन्त्री रक्षा निखिल खड्से काठमाडौं आएकी छिन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खड्से नेपाल आएकी हुन्।

खड्से तनहुँमा भएको बस दुर्घटनामा घाइते भएकाहरूको अबस्थाबारे जानकारी लिन टिचिङ अस्पताल पुगेकी छिन् ।

उनी विमानस्थलबाट सिधै अस्पताल पुगेकी हुन्। उनीसँगै नेपाल सरकारका गृहमन्त्री रमेश लेखक पनि अस्पताल पुगेका छन् ।

मृत्यु भएका महाराष्ट्रका तीर्थयात्रीको शव भारतीय वायुसेनाको विमानबाट नासिक लगिने भएको छ।

शुक्रबार भारतीय नम्बर प्लेट भएको बस मर्स्याङ्दी नदीमा खसेर ठुलो दुर्घटना भएको थियो।

पोखराबाट काठमाडौंतर्फ आउदैँ गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077