Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

बस दुर्घटनाबारे गृहमन्त्री लेखकको ब्रिफिङ - घाइतेहरुको उपचारमा कुनै कसर बाँकी राख्दैनौं

बस दुर्घटनाबारे गृहमन्त्री लेखकको ब्रिफिङ - घाइतेहरुको उपचारमा कुनै कसर बाँकी राख्दैनौं

शनिवार , भाद्र ८, २०८१

काठमाण्डौं । गृह मन्त्रालयले २७ जना भारतीय नागरिकको ज्यान जाने गरी भएको बस दुर्घटनाको विषयमा भारतीय युवा मामिला तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्सेलाई ब्रिफिङ गरेको छ।

सिंहदरबारस्थित गृह मन्त्रालयमा गृहमन्त्री रमेश लेखकले तनहुँको आँबुखैरेनीमा शुक्रबार भएको बस दुर्घटनाको क्षति, उद्दार तथा घाइतेहरुको उपचारबारे भारतीय राज्यमन्त्री खड्सेलाई जानकारी गराएका हुन्।

शुक्रबार पोखराबाट काठमाडौंतर्फ आइरहको युपी ५३ एफटी ७६२३ नम्बरको भारतीय यात्रुवाहक बस सडकबाट दुई सय मिटर तल मस्र्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु र १६ जना घाइते भएका थिए।

गृहमन्त्री लेखक र भारतीय राज्य मन्त्री खड्सेले त्रिवि शिक्षण अस्पतालमा रहेका घाइतेहरुको अवस्थाका बारेमा समेत अस्पताल पुगेर जानकारी लिएका थिए।

त्यसपछि मन्त्रालयमा आयोजित संक्षिप्त कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले दुखद् घटना भएको बताए। उनले मृतकका आफन्तलाई समवेदना व्यक्त गर्दै घाइतेको स्वास्थ्य लाभको कामना समेत व्यक्त गरे ।

गृहमन्त्री लेखकले भने,'घाइतेहरुको उपचारका कुनै कसर बाँकी राख्दैनौ।घटना लगत्तै सुरक्षा निकाय र स्थानीय प्रशासन उद्दारमा खटिएको थियो ।'

त्यसैगरी भारतका युवा मामिला तथा खेलकुद राज्यमन्त्री खड्सेले दुर्घटनापछि नेपाल सरकारबाट उद्दारदेखि उपचारसम्म भएको कुशल व्यवस्थापनप्रति आभार प्रकट गरिन्।

राज्यमन्त्री खड्सेले घाइतेहरुको उपचारमा चिकित्सकहरुले देखाएको सक्रियताको प्रशंसा गरिन्। गृह मन्त्रालयका अनुसार घाइते मध्ये तीन जनाको आइसियु र अन्यको सामान्य कक्षमा उपचार भइरहेको र अवस्था सुधारोन्मुक रहेको छ ।

शुक्रबार घाइतेहरुलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो । सो बसमा ४३ जना यात्रु सवार थिए । त्यसैगरी मृतकहरुको चितवनको भरतपुर अस्पतालमा शव परीक्षण भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077