Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

प्रधानमन्त्री ओलीले भने - अब छिट्टै महिला प्रधानमन्त्री बनाउनेबारे सोच्दैछु

प्रधानमन्त्री ओलीले भने - अब छिट्टै महिला प्रधानमन्त्री बनाउनेबारे सोच्दैछु

शनिवार , भाद्र ८, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले देशमा महिला प्रधानमन्त्री बनाउनेबारे सोचिरहेको बताएका छन्।

काठमाडौंमा शनिबार आयोजित काठमाडौं युथ कन्क्लेभमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओलीले भने,‘म महिला प्रधानमन्त्री बनाउन चाहन्छु तर त्यसका लागि अलिकति तयारी गर्नुपर्छ। रियालिटीमा दुई महिना, तीन महिना, अर्को साल महिला प्रधानमन्त्री बनाइहाल्छु भन्न अलिकति मुस्किल हुनसक्छ । तर छिट्टै बनाउने तयारी बारेमा सोचिराखेको छु।’

उनले आफूले नै पहिलो महिला राष्ट्रपति, पहिलो महिला प्रधानन्यायाधीश, पहिलो महिला सभामुख, पहिलो महिला रक्षा मन्त्री बनाएको भन्दै अहिले पछिल्लो समय महिला मुख्यमन्त्री बनाएको बताए।

प्रधानमन्त्री ओलीले ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गराउन आफ्नो महत्वपूर्ण भूमिका रहेको दाबी पनि गरे। अहिले सरकारी भ्रमण टोलीमा आफूले महिला सहभागिता अनिवार्य गरेको पनि जानकारी गराए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077