Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

आगामी निर्वाचनमा माओवादी पहिलो पार्टी बन्ने प्रचण्डको दाबी

आगामी निर्वाचनमा माओवादी पहिलो पार्टी बन्ने प्रचण्डको दाबी

शनिवार , भाद्र ८, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल 'प्रचण्ड'ले आगामी निर्वाचनबाट माओवादीलाई पहिलो पार्टी बनाउनुपर्ने बताएका छन्।

नुवाकोट काठमाडौं सम्पर्क समन्वय समितिको ८औं भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।

उनले माओवादीलाई पहिलो पार्टी बनाउने आत्मविश्वासका साथ अघि बढ्न नेता कार्यकर्तालाई आग्रह गरे।

अध्यक्ष प्रचण्डले २०६४ सालको निर्वाचनमा माओवादीलाई भोट हाल्नेहरुको सूची बनाउन कार्यकर्तालाई निर्देशन दिए।

उनले ०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा माओवादी ठूलो पार्टी हुँदा भोट दिनेहरुको सूची बनाउन आग्रह गरे।

उनले कांग्रेस र एमालेले आफूहरुलाई ३२ सीट भनेर हेपेको भन्दै आगामी निर्वाचनमा २०६४ सालको नतिजा दोहोर्‍याउने गरी लाग्नुपर्ने बताए ।

त्यस्तै ०६४ मा माओवादीलाई मत दिनेहरुका छोराछोरी अहिले आफैं मतदाता भइसकेको भन्दै उनीहरुको पनि खोजी गर्नुपर्ने प्रचण्डको भनाई छ ।

उनले विगतमा सशस्त्र युद्ध गर्दाका मिलिसिया र कार्यकर्ता पनि कहाँ छन् खोजी गर्नुपर्ने बताए ।

पार्टीको पालिकास्तरको समितिलाई उनीहरु देशभित्र र विदेश कहाँ छन् खोजी गर्न निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077