Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

माओवादी पार्टी कसैले फुटाउन सक्दैन : प्रचण्ड

माओवादी पार्टी कसैले फुटाउन सक्दैन : प्रचण्ड

शनिवार , भाद्र ८, २०८१

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीलाई कसैले फुटाउन नसक्ने दाबी गरेका छन् ।

माओवादी केन्द्रको नुवाकोट सम्पर्क समितिले शनिबार काठमाडौंमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो दाबी गरेका हुन् ।

उनले तीनवटा प्रदेशको केन्द्रीय समिति बैठक सकिँदा माओवादीलाई कसैले फुटाउन सक्दैन भन्ने आधार तयार भएको बताए ।

बरू फुटेर गएका र छुटेकाहरू पार्टीमा एकताबद्ध हुने उनको भनाई छ । उनले माओवादीलाई फुटाउने षड्यन्त्र ‘जनयुद्ध’का बेलामा पनि भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077