Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

प्रचण्डको आरोप - नेपालमा हाल भ्रष्टाचारीको सरकार छ

प्रचण्डको आरोप - नेपालमा हाल भ्रष्टाचारीको सरकार छ

शनिवार , भाद्र ८, २०८१

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा हाल भ्रष्टाचारीको सरकार भएको आरोप लगाएका छन् ।

शनिबार काठमाडौंमा माओवादी केन्द्र नुवाकोट सम्पर्क समितिको भेलामा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले यस्तो आरोप लगाएका हुन् ।

उनले भ्रष्टाचारविरुद्ध अभियान थालेकाले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर आफू नेतृत्वको सरकारलाई हटाएको बताए । हाल भ्रष्टाचारीको सरकार भएको उनले आरोप लगाए ।

उनले भने, ''देख्दाखेरि त नेपाल कांग्रेस र एमाले नेताहरूले मिटिङ गरेर माओवादी नेतृत्वको सरकार हटाए भन्ने देखिन्छ रूपमा, तर त्यो मात्रै हो । सारचाहिँ यो देशका दलाल पुँजीपतिहरू, बिचौलियाहरू, कमिसनखोरहरू, जालीफटाहाहरूले तिनीहरू (कांग्रेस–एमाले) लाई आफ्नो प्रतिनिधिका रूपमा शृंगारपटार गर्न यो सरकार बनाइएको हो । त्यसकारण यो भ्रष्टाचारीहरूकै सरकार हो । यो भ्रष्टाचारीहरूको रक्षाको निम्ति बनाइएकै सरकार हो ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077