Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

कलभर्टमुनि मृत भेटिए वडाध्यक्ष यादव

कलभर्टमुनि मृत भेटिए वडाध्यक्ष यादव

आइतवार , भाद्र ९, २०८१

महोत्तरी । महोत्तरी रामगोपालपुर नगरपालिका–२ का अध्यक्ष मुकेश यादव मृत अवस्थामा भेटिएका छन् ।

यादव जलेश्वर बर्दिबास सडकखण्डअन्तर्गत बर्दिबास नगरपालिका–८ स्थित औरही कल्भर्ट नजिक मृत अवस्थामा भेटिएका हुन् ।

उनी सवार मोटरसाइकल सडकछेउ र यादव सडकभन्दा तल मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

उनी नेकपा माओवादीबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । घटनाको सम्बन्धमा खबर पाएलगतै प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077