Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

रामेछाप पहिरो अपडेट : ६ जनाको शव भेटियो, ४ जना बेपत्ता

रामेछाप पहिरो अपडेट : ६ जनाको शव भेटियो, ४ जना बेपत्ता

आइतवार , भाद्र ९, २०८१

रामेछाप। रामेछापको शैलुङ्ग गाउँपालिका ३ लेखर्क पहरीगाउँमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार गएराति गएको पहिरोमा पुरिएका ६ जनाको शव फेला परेको हो।

पहिरोमा परी ५७ वर्षीया उर्मिला पहरी, ३० वर्षीय सन्दीप पहरी, ११ वर्षीय सन्तोष पहरी, १४ वर्षीय विज्ञान पहरी, ३० वर्षीया चण्डिका श्रेष्ठ र उनका १८ महिने छोरा आयुष श्रेष्ठको मृत्यु भएको छ ।

श्रेष्ठकी ११ वर्षीया छोरी अञ्जना घाइते छिन् ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय, टोकरपुर र दोरम्बाका प्रहरीहरु खोज तथा उद्धारमा परिचालित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077