Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

क्रसरले खनेको खाल्डोमा डुबेर युवकको मृत्यु

क्रसरले खनेको खाल्डोमा डुबेर युवकको मृत्यु

आइतवार , भाद्र ९, २०८१

सर्लाही। सर्लाहीको फुलजोर खोलामा क्रसरले खनेको खाल्डोमा डुबेर एक किशोरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सर्लाहीको ईश्वरपुर नगरपालिका–४, सागरनाथका१७ वर्षीय निशान्त थापामगर छन् ।

शनिबार दिउँसो निशान्त साथीहरुसित पौडी खेल्न गएका थिए ।

इश्वरपुर नगरपालिका ५ फुलजोर खोलाको पूर्वी किनारमा स्थानीय मंगल महतोको जग्गामा क्रसरले खनेको खाल्डोमा पौडी खेल्ने क्रममा उनी डुबेका थिए ।

सशस्त्र प्रहरीबल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट गोताखोर टोली शव फेला पारेर निकालेको थियो ।

शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ ।

घटनाका विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077