Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

इजरायलद्वारा हिजबुल्लाहका सेन्टरमा हवाई आक्रमण

इजरायलद्वारा हिजबुल्लाहका सेन्टरमा हवाई आक्रमण

आइतवार , भाद्र ९, २०८१

एजेन्सी । इजरायली सेनाले लेबनानमा रहेका हिजबुल्लाहरुका विभिन्न केन्द्रहरूमा हवाई आक्रमण गरेको छ।

हिजबुल्लाहको मिसाइल र रकेट फायरिङ गतिविधि पत्ता लागेपछि इजरायलले आक्रमण सुरु गरेको हो।

इजरायल डिफेन्स फोर्सले हिजबुल्लाहको मिसाइल र रकेट आक्रमणलाई पन्छाउन आत्मरक्षाका लागि लेबनानमा आक्रमण गरेको जनाएको छ।

इजरायलले लेबनानमा आक्रमण गर्नुअघि सर्वसाधारणलाई हिजबुल्लाह क्षेत्रबाट तुरुन्तै बाहिरिन चेतावनी दिएको थियो।

करिब तीन दिन अघि इजरायली सेनाले दक्षिणी लेबनानमा हिजबुल्लाहका १० वटा स्थानलाई निशाना बनाएको थियो ।

इजरायली विमानले आइन काना, केफर फिला, लुइजेह, बसलिया र केफर मेल्की सहरको बाहिरी भागमा रहेको चकिफ क्यासललाई निशाना बनाएको थियो।

इजरायली लडाकु विमानहरूले लेबनान भित्रका हतियार भण्डार र सैन्य भवनहरूलाई निशाना बनाएका छन्।

लेबनानको स्वास्थ्य मन्त्रालयले आक्रमणमा एक जनाको मृत्यु भएको र ३० जना घाइते भएको बताएको छ।

इजरायली आक्रमणहरूको जवाफमा हिजबुल्लाहले गोलान हाइट्स क्षेत्रमा मिसाइलहरू प्रहार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077