Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

सैन्य कमान्डरको हत्याको बदला लिन हिजबुल्लाहद्धारा इजरायलमाथि हमला

सैन्य कमान्डरको हत्याको बदला लिन हिजबुल्लाहद्धारा इजरायलमाथि हमला

आइतवार , भाद्र ९, २०८१

एजेन्सी । लेबनानको हिजबुल्लाह समूहले उत्तरी इजरायलमा सयौं मिसाइल प्रहार गरेको छ ।

हिजबुल्लाहले आफ्ना सर्वोच्च सैन्य कमान्डर फुआद शुक्रको हत्याको बदला लिन आइतबार इसराइलमाथि हमला गरेको हो।

लेबननको राजधानी बेरूतमा एउटा आवासीय भवनको सातौं तलामा हवाई आक्रमण गरेर जुलाई ३० मा इसराइलले शुक्रको हत्या गरेको थियो।

हिजबुल्लाहले आफ्ना वरिष्ठ कमाण्डरको हत्याको बदला लिन आइतबार इजरायलविरुद्ध सयौं रकेट र ड्रोन प्रक्षेपण गरेको हो। इजरालयले पूर्वएम्प्टिभ स्ट्राइकको साथ धेरै ठूलो आक्रमणलाई विफल पारेको बताएको छ।

गाजामा प्यालेस्टिनी समूह हमासविरुद्ध युद्ध गरिरहेको इजरायलको लेबनानको हिजबुल्लाहबीच पनि शत्रुतापूर्ण सम्बन्ध छ। दुई समूहबीच तिक्तता चुलिएपछि आइतबार भएको सबैभन्दा ठूलो गोलीबारी हो ।

हिजबुल्लाहले इसराइलका ११ सैन्य इलाकामा प्रहार गरेको भन्दै पहिलो चरणको बदला सफलतापूर्वक सकिएको बताएको छ।

उता इसराइलले भने हिजबुल्लाहले शुक्रको हत्याको बदला आज लिँदैछ भन्ने थाहा पाएर हिजबुल्लाहलेभन्दा अघि नै लेबननमा हमला गरेको दाबी गरेको छ।

करिब १०० लडाकू विमानले लेबननमा रहेका ४० विभिन्न रकेट प्रहार गर्ने स्थलमा आफूले हमला गरेको बताएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077