Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

एमाले सचिव भट्टराईले भने - शीर्ष नेताबीच सहमति भए लेखा समितिको सभापति छाड्न तयार छौं

एमाले सचिव भट्टराईले भने - शीर्ष नेताबीच सहमति भए लेखा समितिको सभापति छाड्न तयार छौं

आइतवार , भाद्र ९, २०८१

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले सार्वजनिक लेखा समितिका विषयमा शीर्ष नेताहरूबीच सहमति भए सभापति प्रतिपक्षी दललाई छाड्न तयार रहेको बताएका छन्।

प्रतिनिधिसभा सार्वजनिक लेखा समितिको आइतबारको बैठकमा बोल्दै सांसद भट्टराईले यस्तो बताएका हुन्।

सांसद भट्टराईले सार्वजनिक लेखा समितिका विषयमा शीर्ष नेताहरूबीच सहमति भए अहिलेका सभापति ऋषिकेश पोखरेलले राजीनामा गर्ने बताए।

नेकपा माओवादी केन्द्रले लेखा समितिको सभापति पद माग गर्दै आएको छ ।

बैठकमा माओवादी सांसद लेखनाथ दाहालले उक्त पद प्रतिपक्षीलाई दिन पहल गर्न समितिका सभापति ऋषिकेश पोखरेललाई आग्रह गरेका थिए ।

जवाफमा भट्टराईले ०७९ सालको निर्वाचनपछि शीर्ष नेतृत्वबीच सहमति भएर सभापतिको विषय टुंगिएको बताए ।

पुनः सहमति भए समिति सभापतिले राजीनामा दिने उनको भनाइ छ।

समिति सभापति पोखरेलले राजनीतिक दलका नेताहरूबीच सहमति भएमा पद हस्तान्तरण गर्ने र पार्टीले पनि तत्काल छोड्न भन्ने भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077