Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

माधव नेपालको प्रश्न - के हाम्रो पार्टी वैद्य र विप्लवको भन्दा सानो छ ?

माधव नेपालको प्रश्न - के हाम्रो पार्टी वैद्य र विप्लवको भन्दा सानो छ ?

आइतवार , भाद्र ९, २०८१

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले सानो पार्टी भनेर धेरै गीत गाउन जरुरी नभएको बताएका छन् ।

आइतबार सुरु भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

उनले सानो पार्टी भनेर हिनताबोध नगर्न आफ्ना दलका नेताहरुलाई आग्रह गरे ।

अध्यक्ष नेपालले भने, ‘सधैंभरि एउटै गीत सानो पार्टी, सानो पार्टी । म त शब्द पनि सुन्न चाहन्न । के सानो पार्टी, मजदुर किसान पार्टीभन्दा सानो छ ? मोहनबिक्रमजीको पार्टीभन्दा सानो छ, मोहन वैद्यको पार्टी भन्दा सानो छ ? विप्लवजीहरुको पार्टी भन्दा सानो छ ?’

हरेक पार्टी निर्माणको इतिहास कोर्दा आत्तिनुपर्ने केही नभएको नेपालले बताए । हिजो बिद्रोह गरेर ठीक गरेको भन्दै निराशाको गीत नगाउन आग्रह गरे ।

पार्टी छाडेर गएकाहरुको मात्र हिसाब नगर्न र आउनेहरुलाई पनि हेर्न उनले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077