Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

ओमानका विदेशमन्त्री भोलि काठमाडौं आउँदै

ओमानका विदेशमन्त्री भोलि काठमाडौं आउँदै

आइतवार , भाद्र ९, २०८१

काठमाडौं । ओमानका विदेशमन्त्री सैयद बदर बिन हमद अल बुसैदी दुई दिने औपचारिक भ्रमणका लागि भोलि नेपाल आउने भएका छन्।

विदेशमन्त्री अलबुसैदी सोमबार काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेको हो।

परराष्ट्रमन्त्री आरजु राणा देउवाको निमन्त्राणामा उनी नेपाल भ्रमणमा आउन लागेका हुन्।

दुई मन्त्रीबीच दुई पक्षीय वार्ता हुने र नेपाल र ओमानको सम्बन्धलाई सुदृढ गर्नेबारे छलफल हुने विज्ञप्तिमा उल्लेख छ।

विदेशमन्त्री अलबुसैदीले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077