Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

ठूला दलकै कारण देशमा राजनीतिक अस्थिरता पैदा भयो : उपेन्द्र यादव

ठूला दलकै कारण देशमा राजनीतिक अस्थिरता पैदा भयो : उपेन्द्र यादव

आइतवार , भाद्र ९, २०८१

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले ठूला दलकै कारण राजनीतिक अस्थिरता पैदा भएको बताएका छन्।

जनतासँग जसपा नेपाल, अभियान्ता अभिमुखीकरण कार्यक्रमको उद्‍घाटन गर्दै अध्यक्ष यादवले यस्तो बताएका हुन्।

उनले ठूला भनिएका दलहरूकै कारण मुलुकमा राजनीतिक अस्थिरता पैदा भएको बताए।

अध्यक्ष यादवले राजनीतिक अस्थिरताका लागि एक अर्कालाई दोष थुपार्ने काम भएपनि ठूला भनिएका दलहरूकै कारण अस्थिरता पैदा भएको बताए।

उनले राजनीतिक स्थिरताका लागि भन्दै संविधान संशोधनमार्फत समानुपातिक समावेशी हटाउन खोजिए स्वीकार्य नहुने चेतावनी दिए।

अहिलेको प्रणालीलाई बलियो बनाउनका लागि पहिचान र सामर्थ्यका आधारमा राज्यको पुर्नसंरचना गर्नुपर्ने, प्रदेशलाई अधिकारसम्पन्न बनाउनुपर्ने र जनतालाई आत्मनिर्णयको अधिकार दिनुपर्ने उनले बताए।

उनले ठूला दलहरूबाट अव मुलुकको अवस्था सुधार नहुने भएकाले आफूहरू बलियो भएर आउनुपर्नेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077