Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

डेडिकेटेड र ट्रंकलाइनबारे सार्वजनिक लेखा समिति निर्णयविहीन

डेडिकेटेड र ट्रंकलाइनबारे सार्वजनिक लेखा समिति निर्णयविहीन

आइतवार , भाद्र ९, २०८१

काठमाडौं । डेडिकेटेड र ट्रंकलाइनबारे छलफल गर्न बसेको सार्वजनिक लेखा समितिको बैठक निर्णयविहीन भएको छ।

ट्रंकलाइनको बक्यौता महसुलसम्बन्धी निर्णय गर्न बसेको लेखा समिति बैठकमा सांसदहरूबीच विवाद भएपछि बैठक निर्णयविहीन भएको हो ।

के निर्णय गर्ने भन्ने विषयमा चर्को विवाद भएपछि सभापति ऋषिकेश पोखरेलले अर्को निर्णय नभएसम्म बैठक स्थगित गरेका छन् ।

बैठक स्थगित गर्नुअघि सांसदहरूबीच चर्को भनाभन समेत भएको थियो। बैठकमा महालेखा परीक्षण प्रतिवेदनले औंल्याएको डेडिकेटेड र ट्रंकलाइनको बक्यौताबापतको करिब २२ अर्ब उठाउन लगभग सबै सदस्य तयार भएका थिए।

तर सभापति पोखरेलले २०७६ सालमै समितिले बक्यौता उठाउन दिएको निर्देशन पालना नगरेका विद्युत प्राधिकरणका प्रबन्ध निर्देशकसहित अन्य कर्मचारीलाई कारबाही गर्ने सिफारिससहितको निर्णय गराउन खोजेका थिए ।

तर बक्यौता मात्र उठाउने निर्णय गर्ने भन्दै माओवादीका सांसदले सभापति पोखरेलको विरोध गरे । त्यसपछि बैठक कुनै निर्णय नगरी समाप्त भएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077