Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

पार्टीमा कुनै विवाद छैन, पूर्ण रूपमा एकताबद्ध छ : अध्यक्ष प्रचण्ड

पार्टीमा कुनै विवाद छैन, पूर्ण रूपमा एकताबद्ध छ : अध्यक्ष प्रचण्ड

आइतवार , भाद्र ९, २०८१

कास्की । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीभित्र कुनै विवाद नरहेको बताएका छन् ।

पोखरामा आजदेखी सुरू भएको पार्टीको गण्डकी प्रदेशस्तरीय परामर्श बैठकमा उनले यस्तो बताएका हुन् ।

उनले पार्टीमा अब कुनै पनि विभाजन नआउने र विगतमा विभाजित भएकाहरू समेत एकै ठाउँमा केन्द्रित हुने उल्लेख गरे ।

अध्यक्ष प्रचण्डले भने, “हामी पार्टीमा विवाद भएकाले तपाईहरूसँग आएका होइनौँ । पार्टीलाई थप गतिशील र सुदृढ बनाउने योजनाअनुसार कुरा सुन्न आएका हौँ । हाम्रो पार्टी पूर्ण रूपमा एकताबद्ध छ, कसैले फूटाउन सक्दैन बरु फुटेर गएका शक्तिलाई एकताबद्ध गरिनेछ ।”

पार्टीको नेतृत्वमा बनेको सरकारले विकास, समृद्धि र सुशासनका लागि धेरै काम गरेको बताउँदै पूर्वप्रधानमन्त्री दाहालले ती कामको जनतामा प्रचारप्रसार गर्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077