Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

सुदूरपश्चिममा गौराको रौनक, आज अठवाली मनाइँदै

सुदूरपश्चिममा गौराको रौनक, आज अठवाली मनाइँदै

सोमवार , भाद्र १०, २०८१

काठमाडौं । आज सुदूरपश्चिममा गौरा पर्व मनाइँदैछ ।

भाद्र कृष्ण सप्तमीका दिन गौराघर र मन्दिरमा परम्परागत रूपमा गौरा भित्र्याएर अष्टमीका दिन आँगन, मन्दिर परिसर र चौरमा भेला भई ‘गौरापूजन’ गर्ने चलन छ ।

यस पर्वमा शिव र पार्वतीको पूजा अर्चना गरी व्रत बस्ने गरिन्छ । जसको फलस्वरूप शिव र पार्वती तथा ईष्ट र कुल देवता प्रशन्न भई सुख शान्ति प्राप्त हुने जनविश्वास रहेको छ ।

साथै, पाँच प्रकारका अन्नबाट बनेको ‘बिरुँडा’ अर्पण गरी प्रसादको रुपमा ग्रहण गरेर यो पर्व मनाउने गरिन्छ ।

पर्वको अवसरमा स्थानीय गोलबद्ध भई लोक भाषामा देउडा, धमारी र चैत आदिका माध्यमबाट एक अर्काका दुःख, सुख बाड्ने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077