Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

दुईदिने भ्रमणका लागि आज नेपाल आउँदै ओमानका विदेशमन्त्री बुसैदी

दुईदिने भ्रमणका लागि आज नेपाल आउँदै ओमानका विदेशमन्त्री बुसैदी

सोमवार , भाद्र १०, २०८१

काठमाडौं । ओमानका विदेशमन्त्री सैयद बदर बिन हमद अल बुसैदी दुईदिने भ्रमणमा आज नेपाल आइपुग्दै छन् ।

परराष्ट्रमन्त्री आरजु देउवा राणाको निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन् ।

दुई देशका विदेशमन्त्रीबीच दुई देशको आपसी हितबारे छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपाल बसाइका क्रममा उनको राष्ट्रपति र प्रधानमन्त्रीसँग पनि भेटवार्ता गर्ने कार्यतालिका रहेको छ।

उनी भोलि ओमान फर्किनेछन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077