Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

सिन्धुलीमा खोलाले बगाउँदा एक जनाको मृत्यु

सिन्धुलीमा खोलाले बगाउँदा एक जनाको मृत्यु

सोमवार , भाद्र १०, २०८१

सिन्धुली ।खोलाले बगाएर सिन्धुलीमा एक जनाको मृत्यु भएको छ ।

बाख्रा चराएर घर फर्किंदै गर्दा मरिण गाउँपालिका-७ दधिदमार घर भएका २८ वर्षीय ज्ञानबहादुर भोलनको चुनिया खोलाले बगाएर मृत्यु भएको हो ।

मृतक भोलनको शव तीनसय मिटरतल सोमबार बिहान फेला परेको थियो ।

त्यस्तै सोही गाउँपालिका -१ टुडीखेलकी २२ वर्षीय ललिमाया बलको गोठालो जाँदा भिरबाट लडेर मृत्यु भएको सिन्धुली प्रहरीले जनाएको छ ।

भिरबाट लडेर बेहोस अवस्थामा फेला परेकी बलको इन्टरनेसनल अस्पताल भक्तपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077