Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

तपाईंहरु ढुक्कले काम गर्नुस्, यो सरकारले घुस खाँदैन : प्रधानमन्त्री ओली

तपाईंहरु ढुक्कले काम गर्नुस्, यो सरकारले घुस खाँदैन : प्रधानमन्त्री ओली

सोमवार , भाद्र १०, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राज्य शक्तिको दुरुपयोग गरेर निर्दोष मान्छेलाई फसाउ नहुने बताअएका छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंको भवन उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

वर्तमान सरकारले कसैलाई फसा भनेर समेत नभन्ने प्रधानमन्त्री ओलीको भनाई छ । सरकारले प्रहरीको काम, कारबाहीमा कुनै हस्तक्षेप नगर्ने प्रधानमन्त्री ओलीले बताए।

प्रधानमन्त्री ओलीले भने,‘कसैलाई निर्दोषितमा दोषी करार गर्ने प्रयास हुँदैन, तपाईंहरु ढुक्कले काम गर्नुस् । यो सरकारले भात-रोटी खान्छ, घुस, पैसा खाँदैन ।’

प्रधानमन्त्री ओलीले प्रहरीलाई काम गर्न पूर्णस्वन्त्रता रहेको समेत बताए । उनले पुरानो शैलीमा अपराध नियन्त्रण हुन नसक्ने समेत बताए ।

अपराध हुनै नदिने कुरा पहिलो प्राथमिकता हुनुपर्ने प्रधानमन्त्री ओलीको भनाई छ । उनले घुमुवा प्रहरी राख्ने पुरानै शैलीबाट कुनै उपलब्धि नहुने समेत बताए। घुमुवालाई नयाँ तरिकाले विकास गर्नुपर्ने उनले बताए ।

स्रोत, साधनले सम्पन्न बनाएर अनुसन्धानभन्दा अगाडिको अनुसन्धान गर्नुपर्ने प्रधानमन्त्री ओलीले बताए ।

अपराध कसैले गराउन खोजेको छ भने पहिल्यै पत्ता लगाउने र नियन्त्रण गर्ने अनुसन्धान धेरै महत्वपूर्ण हुने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077