Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

अदालतको आदेशलाई महानगरको निर्णय भन्दै भ्रम नछर्न नेताहरुलाई मेयर बालेनको चेतावनी

अदालतको आदेशलाई महानगरको निर्णय भन्दै भ्रम नछर्न नेताहरुलाई मेयर बालेनको चेतावनी

सोमवार , भाद्र १०, २०८१

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले अदालतको आदेशलाई महानगरको निर्णय भन्दै भ्रम नछर्न चेतावनी दिएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै मेयर बालेनले यस्तो चेतावनी दिएका हुन् । उनले सर्वोच्च अदालतको निर्णयलाई महानगरको निर्णय भनी भ्रम नछर्न पार्टीका नेता तथा कार्यकर्तालाई चेतावनी दिए।

कागले कान लग्यो भनेर हल्ला गर्दैमा कागको पछि लाग्ने हैन भन्दै उनले आफ्नो कान छाम्न आग्रह गरे ।

मेयर बालेनले लेखेका छन्,'सर्वोच्च अदालतको आदेश आए पछि हामी काठमाडौँ महानगरले सो आदेशलाई सुचित गर्दै बागमती, विष्णुमतीमा ४० मिटर र टुकुचाको २० मिटर वरिपरी निर्माण निषेधित क्षेत्र जानकारी गराएका हौँ। त्यो जग्गामा अब थप संरचना बनाउन पाइने छैन । अदालतको आदेश अनुसार जनताले आफ्नो जग्गा उपभोग गर्न बाट रोकेको छैन भने नेपाल सरकारले चाहेमा मुआब्जा दिएरमात्र जग्गा अधिग्रहण गर्न सक्ने छ । अदालतको आदेशलाई महानगरको निर्णय भनि गलत व्याख्या गरेर पार्टीको नेता कार्यकर्ताहरुले जनता माझ भ्रम नछर्नु होला ।'

मेयर बालेनले अदालतको आदेशमै बागमती, विष्णुमतीमा ४० मिटर टुकुचा को २० मिटर वरिपरि निर्माण निषेधित क्षेत्र तोकेको र त्यसलाई महानगरको निर्णय भनी भ्रम नफैलाउन आग्र गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077