Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

प्रधानमन्त्री ओलीले भने - देशमा अस्थिरता फैलाउने प्रयास भइरहेको छ

प्रधानमन्त्री ओलीले भने - देशमा अस्थिरता फैलाउने प्रयास भइरहेको छ

सोमवार , भाद्र १०, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा अस्थिरता फैलाउने प्रयास भइरहेको बताएका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंको नवनिर्मित भवन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

देशलाई अस्थिरतातर्फ लैजाने प्रयास भइरहेको भन्दै प्रधानमन्त्री ओलीले त्यसलाई निस्तेज पार्ने गरी काम गर्न प्रहरीलाई निर्देशन दिए।

प्रधानमन्त्री ओलीले भने, 'अनेक प्रकारका सो कल्ड, कहिले के नाममा, कहिले के नाम, कोही मुक्तिका नाममा, कोही पहिचानका नाममा, कोही धर्मका नाममा अनेक प्रकारका शक्तिहरू समाजमा शान्ति खल्बल्याउन र समाजलाई बिथोल्नका लागि प्रयासरत छन् । देशमा शान्ति, सुव्यवस्था र अमनचयनसँग सरोकार छैन ।  देशलाई अझ बढी अन्योल, अस्थिरता र अराजकतातर्फ लिएर जाने प्रयासहरू भएको छ ।'

प्रहरीका लागि चुनौतीपूर्ण ठाउँ नै राजधानी रहेको भन्दै उनले सेवालाई अझै प्रभावकारी बनाउन आग्रह गरे ।

वर्तमान सरकारको प्रवृत्ति फरक भएको भन्दै भन्दै उनले राज्य शक्तिकोदुरुपयोग गरेर कसैलाई नफसाउने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077