Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

पाकिस्तानमा सशस्त्र विद्रोहीको आक्रमणमा परी २२ जनाको मृत्यु

पाकिस्तानमा सशस्त्र विद्रोहीको आक्रमणमा परी २२ जनाको मृत्यु

सोमवार , भाद्र १०, २०८१

एजेन्सी । पाकिस्तानको दक्षिणपश्चिमी क्षेत्रमा बन्दुकधारीले २२ जनाको गोली हानी हत्या गरेका छन् ।

सुरक्षा फौजकाअनुसार साम्प्रदायिक, जातीय र पृथकतावादी हिंसाविरुद्ध लडिरहेको बलुचिस्तान प्रान्तको मुसाखाइल जिल्लामा सोमबार बिहान उक्त आक्रमण भएको हो।

पञ्जाबलाई बलुचिस्तानसँग जोड्ने राजमार्गमा लडाकूहरूले धेरै बस, ट्रक र भ्यान रोक्दा भएको झडपपछि चलेको गोली लागी कम्तीमा २२ जनाको मृत्यु भएको सुरक्षा अधिकारीहरुले जनाएका छन् ।

पञ्जाबबाट आउने र जाने सवारी साधनको निरीक्षण गरिएको र पञ्जाबबाट आएका व्यक्तिहरूको पहिचान गरी गोली हानिएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077