Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

जसपा नेपालको सहअध्यक्षमा रकम चेम्जोङ मनोनीत

जसपा नेपालको सहअध्यक्षमा रकम चेम्जोङ मनोनीत

सोमवार , भाद्र १०, २०८१

काठमाडौं । जनता समाजवादी पार्टी जसपा नेपालको सहअध्यक्षमा रकम चेम्जोङ मनोनीत भएका छन् ।

पार्टी अध्यक्ष उपेन्द्र यादवले महाधिवेशन भएको करिब साढे दुई महिनापछि पदाधिकारी र कार्यकारिणी समितिका साथै केन्द्रीय समितिलाई पूर्णता दिएका हुन्।

त्यसबेला अधिवेशन अध्यक्षको मात्रै टुंगो लगाएर सकिएको थियो। त्यसपछि पदाधिकारी मनोनीत गर्ने सर्वाधिकार अध्यक्ष यादवलाई नै दिएको थियो।

अध्यक्ष यादवले पार्टीको सहअध्यक्षमा चेम्जोङलाई मनोनीत गरेका छन् भने उपाध्यक्षहरूमा राजकिशोर यादव, मृगेन्द्रकुमार सिंह यादव, गोविन्द चौधरी, शिवलाल थापामगर, विद्युत बज्राचार्यलाई मनोनीत गरेका छन्।

यस्तै, महासचिवमा लालबाबु राउत र रामकुमार शर्मा रहेका छन् भने उपमहासिचवमा प्रकाश अधिकारी, दीपक कार्की र रेखा यादवलाई मनोनीत गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077