Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

अब सरकारभन्दा संगठन निर्माणतर्फ लाग्छौं : प्रचण्ड

अब सरकारभन्दा संगठन निर्माणतर्फ लाग्छौं : प्रचण्ड

सोमवार , भाद्र १०, २०८१

कास्की । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब सरकारभन्दा संगठन निर्माणमा लाग्नुपर्ने बताएका छन् ।

पार्टीको गण्डकी प्रदेशस्तरीय परामर्श बैठक समापनका क्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

अध्यक्ष प्रचण्डले पार्टीको प्राथमिकता सरकारमाभन्दा संगठन निर्माण र विचारको विकास भएको बताए ।

उनले जनतामा जान र नयाँ विचारको विकासमा लाग्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिए।

अध्यक्ष प्रचण्डले भने,'हामी सरकारको जोडघटाउमा लाग्ने होइन, अरूले हामीलाई खोज्दै आउने स्थिति हुनसक्छ । अबको कार्यभार पार्टी र विचारको विकास गर्नेगरी लाग्ने हो।'

उनले माओवादी केन्द्र अहिले पनि देशको महत्वपूर्ण शक्ति रहेको उल्लेख गर्दै राष्ट्रिय स्वाधीनताको रक्षा र अहिलेका उपलब्धिको रक्षा अन्य दलबाट सम्भव नरहेको बताए ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक पारित भएसँगै १२ बुँदे सहमति करिब अन्त्य हुन लागेको र देश नयाँ ठाउँमा जान लागेको अध्यक्ष दाहालले बताए ।

उनले पार्टीलाई एकताबद्ध बनाउँदै समाजवादी क्रान्तिका लागि तयारी गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077