Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

टाटा सुमो र मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

टाटा सुमो र मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

सोमवार , भाद्र १०, २०८१

रौतहट। रौतहटको चन्द्रपुरमा टाटा सुमो र मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार सुनसरीको धरान उपमहानगरपालिका–१५ बस्‍ने तुलसी ओझा र मोरङ्गको सुन्दरहरैचा नगरपालिका–११ बस्‍ने विवश बास्कोटा रहेका छन् ।

उनीहरूको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।

चन्द्रपुर नगरपालिका वडा-४ स्थित पूर्वपश्चीम राजमार्गको धन्सार पुल नजिकै पश्चिमबाट पुर्वतर्फ आउँदै गरेको टाटा सुमो र पुर्वबाट पश्चिमतर्फ जादै गरेको मोटरसाइकल एक आपसमा ठोकिएको थियो ।

दुर्घटना पश्चात प्रहरीले टाटा सुमो नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077