Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

नेपाली समाजलाई बिथोल्ने र भड्काउने प्रयास भइरहेको छ : प्रधानमन्त्री ओली

नेपाली समाजलाई बिथोल्ने र भड्काउने प्रयास भइरहेको छ : प्रधानमन्त्री ओली

सोमवार , भाद्र १०, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाजलाई बिथोल्ने र भड्काउने प्रयास भइरहेको बताएका छन्।

काठमाडौंस्थित सैनिकमञ्चमा भएको गौरा पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

प्रधानमन्त्री ओलीले नेपाली समाजलाई बिथोल्न त्यति सजिलो नभएको पनि बताए।

उनले नेपाली समाज बहुसांस्कृतिक र शान्तिप्रेमी भएकाले यसलाई बिथोल्ने र भड्काउने प्रयास सफल हुन नसक्ने बताए ।

प्रधानमन्त्री ओलीले नेपालीपन भनेको मेलमिलाप र शान्तिपूर्ण भएपनि कतिपय नयाँ पुस्तामा सभ्यता, शिष्टता र मर्यादाको ख्याल नभएको देख्दा दुःख लागेको बताए ।

प्रधानमन्त्री ओलीले सुन्दर सुदूरपश्विमबाट सुरु भएको गौरा पर्व नेपालको मौलिक पर्व भएको बताए । कार्यक्रममा सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समेत सहभागी थिए।

प्रधानमन्त्री ओलीले 'समृद्ध नेपाल, सुखी नेपाली' बनाउने अभियानमा लाग्न आह्वान गरेका छन्। प्रधानमन्त्री ओलीले राष्ट्रिय एकताको भावना लिएर समृद्ध राष्ट्र निर्माणमा जुट्न आह्वन गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077