Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

काठमाडौं आइपुगे ओमानका विदेशमन्त्री बुसैदी

काठमाडौं आइपुगे ओमानका विदेशमन्त्री बुसैदी

सोमवार , भाद्र १०, २०८१

काठमाडौं । ओमानका विदेशमन्त्री सैयद बद्र बिन हमाद बिन हमूद अल्बुसैदी काठमाडौं आइपुगेका छन् ।

विदेशमन्त्री सय्यद नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आज काठमाडौं आइपुगेका हुन्।

उनी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाको निमन्त्रणामा दुई दिनका लागि काठमाडौं आइपुगेका हुन्।

भ्रमणका दौरान दुई विदेश मन्त्रीबीच नेपाल–ओमान सम्बन्ध र अन्य विविध विषयमा द्विपक्षीय भेटवार्ता तथा छलफल हुनेछ ।

ओमानका विदेशमन्त्रीले भ्रमणका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै शिष्टचार भेट गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077