Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

भारतीय प्रधानमन्त्रीले ईपीजीको प्रतिवेदन बुझेका छैनन्, बुझ्नु राम्रो हुन्छ : प्रधानमन्त्री ओली

भारतीय प्रधानमन्त्रीले ईपीजीको प्रतिवेदन बुझेका छैनन्, बुझ्नु राम्रो हुन्छ : प्रधानमन्त्री ओली

सोमवार , भाद्र १०, २०८१

काठमाडौंं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ईपीजीको प्रतिवेदन बुझ्न सुझाव दिएका छन् ।

सोमबार राष्ट्रिय प्रजातन्त्र नेपालका अध्यक्ष कमल थापाद्वारा लिखित पुस्तक ‘नाकाबन्दी र भूराजनीति’ को लोकार्पण समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्रीले ईपीजी नबुझेको भन्दै यस्तो सुझाव दिएका हुन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र आफूले कुरा गरेरै ईपीजी बनाएको भएपनि भारतीय प्रधानमन्त्रीले प्रतिवेदन नबुझेको बताए।

‘मोदीजी र मैले कुरा गरेरै प्रबुद्ध व्यक्तिहरुको समूह बनाएका थियौँ। चार जनाको समुह बनाएर दुई वर्षसम्म काम ग¥यो। डा. भेषबहादुर थापाजस्ता प्रवुद्ध व्यक्तित्व, निलम्वर आचार्यजस्ता प्रवुद्ध व्यक्तित्व। उहाँहरुकै अगुवाईमा हामीले गरेका थियौँ,’ प्रधानमन्त्री ओलीले भने, ‘तर के कारणबाट भारतले त्यो बुझेको छैन। निर्णय के भएछ त्यहाँ भने, किन त्यस्तो भयो त्यो बुझिएन तर कुनै गलत मनसायले भएको होइन। भारतीय प्रधानमन्त्रीलाई बुझाउने त्यसपछि नेपालकोलाई बुझाउने भन्ने कुरा।’

ईपीजीले भारतीय प्रधानमन्त्रीले बुझेपछि नेपालको प्रधानमन्त्रीलाई बुझाउने निर्णय गरेको कारण भारतीय प्रधानमन्त्रीले नबुझिकन आफूले बुझ्न नपाएको उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077