Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

आदमघाट नजिकै ठूलो पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

आदमघाट नजिकै ठूलो पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

सोमवार , भाद्र १०, २०८१

धादिङ । मुग्लिन-काठमाडौं सडकखण्डअन्तर्गत धादिङको आदमघाटनजिकै ठूलो पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

धादिङको गजुरी गाउँपालिका-६ बेल्खुमा माथिबाट ठूलो पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको हो ।

सोमबार साँझ ५ बजे राजमार्गमा ठूलो पहिरो खसेपछि दुवैतर्फ यातायात पूर्ण रुपमा ठप्प भएको छ । अहिलेसम्म पहिरो हटाइएको छैन ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका अनुसार पहिरो हटाउन अझै समय लाग्नेछ । थप पहिरो नखसे रातिसम्म हटाएर सवारी खुलाउन सकिने छ ।

सडक अवरूद्ध हुँदा सवारीसाधनको लामो जाम लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077