Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

सुप विश्वविद्यालयको सभामा प्रधानमन्त्रीले भने - शिक्षित मूर्ख होइन, गुणवान् मान्छे उत्पादन गरौँ

सुप विश्वविद्यालयको सभामा प्रधानमन्त्रीले भने - शिक्षित मूर्ख होइन, गुणवान् मान्छे उत्पादन गरौँ

सोमवार , भाद्र १०, २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षित मूर्ख नभई सज्जन र गुणवान मान्छे उत्पादन गर्न विश्वविद्यालयहरुले काम गर्नुपर्ने बताएका छन् ।

सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको सुदूरपश्चिम विश्वविद्यालयको १२ औँ सभामा कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले समाजमा बढेको गलत प्रवृत्तिलाई चिर्न सक्ने, राम्रो, विकसित, आधुनिक र शान्तिपूर्ण समाज निर्माणका लागि शिक्षाले योगदान गर्न सक्नुपर्ने बताए ।

'गुरुहरूले ऋषिमन र भावका साथ काम गर्नुपर्छ । त्यसो भएमा चेलाहरुले गुरुहरुलाई मान्छन् । विद्यार्थीलाई शिष्ट, नम्र र शालीन हुन सिकाउन सक्नुपर्छ नत्र समाज अनुकूूल शिक्षा हासिल भएको मान्न सकिँदैन,’ उनले भने ।

उनले सुदूरपश्चिमको संस्कृति झल्कने खालको शिक्षा दिन समेत आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077