Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

धान गोड्ने बेला चट्याङ लाग्दा महिलाको मृत्यु, दुई घाइते

धान गोड्ने बेला चट्याङ लाग्दा महिलाको मृत्यु, दुई घाइते

सोमवार , भाद्र १०, २०८१

सिन्धुली । सिन्धुलीमा चट्याङ लाग्दा महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

सोमबार जिल्लाको हरिहरपुरगढी गाउँपालिका-३ माढीमा चट्याङ लाग्दा हरिहरपुरगढी गाउँपालिका-१ शिखर घर भएकी ४० वर्षीया छलिमाया थिङको मृत्यु भएको हो ।

खेतमा धान गोड्दै गरेको अवस्थामा चट्याङ लाग्दा उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

सोही स्थानमा चट्याङ लाग्दा हरिहरपुरगढी गाउँपालिका-१ शिखर घर भएकी ४० वर्षीया लुकुमाया रुम्बा र उनकी १८ वर्षीया छोरी सुशीला रुम्बा घाइते छन् ।

उनीहरूलाई मकवानपुर जिल्लास्थित लामा पोलिक्लिनिकमा उपचार भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077