Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

टुँडिखेलमा प्रधानमन्त्री ओली र देउवाविरुद्ध नाराबाजी, भीम रावलको पक्षमा 'हुटिङ' !

टुँडिखेलमा प्रधानमन्त्री ओली र देउवाविरुद्ध नाराबाजी, भीम रावलको पक्षमा 'हुटिङ' !

सोमवार , भाद्र १०, २०८१

काठमाडौं । काठमाडौंको टुँडिखेलमा सोमबार आयोजित गौरा पर्वमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी लाग्यो ।

उनीहरुले सम्बोधन गरिरहेका बेला युवाहरूको एक समूहले नाराबाजी गरेको थियो । सो समूहले ‘केपी तेरो पाराले, दुःख पाएर साराले’सहितका नारा लगाएका थिए ।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले नेपाली समाज बहुसांस्कृतिक र शान्तिप्रेमी भएकाले यस समाजलाई बिथोल्ने र भड्काउने प्रयास सफल नहुने धारणा राखे । सोही कार्यक्रमलाई सम्बोधन गरेका पूर्व प्रधानमन्त्री देउवाले कार्यक्रम विथोल्न हो-हल्ला गरिएको भन्दै युवाहरूप्रति असन्तुष्टि जनाए ।

उनले सम्बोधनका क्रममा भने, तपाईंहरू जति कराउनुछ कराउनुस्, लाज पनि छैन। गौरा पर्वको कार्यक्रम विथोल्ने । यही हो नेपालको चलन ? बदमासहरू ।’ मञ्चको केही टाढाबाट नाराबाजी गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएका छन् ।

तर सोही कार्यक्रममा सहभागी नेकपा एमालेका नेता भीम रावलको पक्षमा भने हुटिङ गरिएको थियो । उनले बोल्ने क्रममा भीम रावल हाईहाई भन्दै नारा लगाएका थिए । युवाहरुको समूहले नेता रावलको पक्षमा खुलेर हुटिङ गरेका थिए ।

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष समेत रहेका ओलीविरुद्ध नारा लाग्नुलाई रावलसँगको विवाद रहेको टिप्पणी हुन थालेको छ । पछिल्लो समय ओलीसँगको मनमुटावले नेता रावल पार्टीभित्र गुमनाम जस्तै छ । अध्यक्ष ओलीले नै रावलको राजनीति सकेको आरोप छ ।

रावलकै समर्थकले सोमबार टुँडिखेलमा प्रधानमन्त्रीविरुद्ध नारा लगाएको हुनसक्ने अनुमान छ । बेला बेला सुदूरपश्चिमका कार्यक्रममा पनि नेता रावलको खोजी हुने गरेको छ ।

आजको सो कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पर्यटन मन्त्री बद्री पाण्डे, वन मन्त्री ऐनबहादुर शाही, उद्योग मन्त्री दामोदर भण्डारीलगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077