Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

पोखरीमा डुबेर दाजुबहिनीको मृत्यु

पोखरीमा डुबेर दाजुबहिनीको मृत्यु

सोमवार , भाद्र १०, २०८१

खोटाङ । पोखरीमा डुबेर हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारमा एकै घरका दाजुबहिनीको पोखरीमा डुबेर मृत्यु भएको छ ।

च्यास्मिटार वाङ्‌मा बस्ने गइन्द्र राईका छोरा ६ वर्षीय संगम राई र छोरी ३ वर्षीया समृद्धि राईको सोमबार पोखरीमा डुबेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार छोराछोरी दिउँसो दुई बजेतिर हराएपछि खोज्ने क्रममा आमा ममता राईले भुतिया खोलाको नजिक बनाइएको सिचाइँ पोखरीमा डुबिरहेको अवस्थामा फेला पारेको र घरमा ल्याउनासाथ मृत्यु भएको हो ।

गइन्द्र भने वैदेशिक रोजगारीमा छन् । उनीहरूको शव पोष्ट मार्टमका लागि जिल्ला अस्पताल लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077