Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

चट्याङ लागेर प्रधानाध्यापकको मृत्यु

चट्याङ लागेर प्रधानाध्यापकको मृत्यु

मंगलवार , भाद्र ११, २०८१

सल्यान । सल्यानमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

कालीमाटी गाउँपालिका-१ लक्ष्मीपुर सातलखोलाका ५६ वर्षीय दल बहादुर कार्कीको चट्याङ लागेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार कार्की कालीदेवी प्राथमिक विद्यालय सातलखोलाका प्रधानाध्यापक हुन् । सार्वजनिक बिदाको दिन घर नजिकै गोठालो गएका कार्कीलाई सोमबार साँझ ५ बजे चट्याङले हानेको थियो ।

चट्याङ लागेर गम्भीर घाइते कार्कीलाई उपचारका लागि सल्यान जिल्ला अस्पतालमा ल्याउँदा डाक्टरले मृत घोषणा गरेका थिए।

कार्कीको शव पोस्टमार्टमका लागि सल्यान जिल्ला अस्पतालमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077